चन्द्रौटा, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत पर्ने सुरही खोलामा ठेकेदारले मनपरि नदीजन्य पदार्थ दोहन गरेका छन् । ठेकेदार सुर्योदय निर्माण सेवाको नाममा दुई महिना अगाडी लागेको ठेक्कामा ठेकेदारले नक्कली रसिद प्रयोग गरि बर्मलुट मच्याएको हो ।
ठेकेदारले सुचना पाटि समेतमा स्थानीय तथा सर्वसाधारणलाई सुचना लुकाएर मनपरि मच्याएको हो । सुचना पाटीमा उत्खनन् गर्ने परिमाण , ठेक्का लागत, उत्खनन शुरु, र अन्त मिति राख्नुपर्नेमा उक्त विषय नराखि फर्मको परिचय मात्र राखेर झुक्काईएको हो । उक्त स्थानमा दैनिकजसो ५० देखि ७० ट्याक्टरले निकासी गरिरहेका छन् ।
एक ट्याक्टरले तिनमा कम्तिमा ६ ट्रिप सम्म गर्ने गरेको स्वय ट्याक्टर चालकहरु बताउछन् । तर कतिपय अलि टाढा जाने ट्याक्टरलाई ठमाएको रोयल्टीमा हालसम्म १४ यस मात्र सिरियल भएको रोयल्टि ठमाएको पाईएपछी हाम्रो टोली त्यहाँ पुग्दा १२०१ देखि १३०० सम्मको ठेली नै नक्कली भेटिएको हो ।
ठेली नक्कली भएको विषयमा सोध्दा आफुलाई तोय बहादुर खत्री नाम बताउने ठेकेदारका कर्मचारीले अलिअलि कहिलेकाँही यस्तो हुने गरेको स्विकार गरे । उनले भने तपाईहरुलाई थाहै छ किन ढाट्नुपर्यो भन्दै सहज जवाफ दिए । यसरी ठेकेदारले खुलेयाम लुटको साम्राज्य मच्याउदा समेत नियमनकारी निकाय अझ जनताका आशा र भरोषा केन्द्र शिवराज नगरका मेयर अजय थापा मौन बस्नुले जनता वाक्क दिक्क भएका छन् ।साभार लुम्बिनी दर्पण आनलाइन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

