बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकामा महिलालाई सामुहिक बलात्कार गरेको र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवान सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना प्रहरी जवान समेत रहेका छन्। गत कात्तिक २३ गते कञ्चन गाउँपालिका- ५ भैसाहीमा १८ वर्षकी एक किशाेरी माथि सामुहिक सामुहिक बलात्कार भएकाे थियाे। १८ वर्षकै अर्की किशाेरीकाे नग्न फोटो खिचेका थिए। दुबै किशाेरी कपिलबस्तु जिल्लाका हुन्। प्रहरीलाई दिएको जाहेरीमा उनीहरुले भैसाहीमा आफूहरु विरामी भेट्न गएको उल्लेख गरेका छन्। उक्त घट्नामा कपिलबस्तुकै चार जना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुइ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए। ‘कात्तिक २३ गते बेलुका साढे ८ बजे घट्ना भएको भन्ने छ। चार जना विरुद्ध जाहेरी परेकाे छ। ट्राफिक प्रहरीका जवान सहित दुइ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं। ’-उनले भने । कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी लाई पक्राउ गरि अनुसन्धान थालिएको एसपी पोखरेलले बताए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।