Rashtriya Dainik

पेट्रोलमा ७ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले भारतबाट मूल्य घटेर आएकोले नेपालमा पनि पेट्रोलमा ७ र डिजेलमा ५ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ ।

निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलमा ५ रुपैयाँ ९ पैसा घटेर आएकोले आज राति १ बजेबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको छ।

घटेको मूल्य अनुसार अब काठमाडौंमा प्रति लिटर पेट्रोलको १७१ र डिजेल तथा मट्टितेलको मूल्य भने १५४ रुपैयाँ पर्ने छ । ग्यासको मूल्य भने यथावत छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित