नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले ६० औं बिद्यार्थी एकता दिवसको अवसरमा सदरमुकाम परासी स्थित बुद्ध चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । मंगलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारीले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले राजनैतिक शैक्षिक आन्दोलनमा बिद्यार्थीहरु निभाएको भूमिकाको चर्चा गर्दै हरेक आन्दोलनमा विद्यार्थीहरु अग्रमोर्चामा रहेको स्मरण गर्नु भयो।
उहाँले दलाल सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राइलाइ तत्काल रिहाई नगरे सम्म कडा प्रतिबादमा उत्रिने चेतावनी दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले राजनैतिक आन्दोलनमा क्रान्तिकारी विद्यार्थीले प्रभावकारी भुमिका गरेकोले स्मरण गर्दै बर्तमानमा पनि त्यो भुमिका खेल्न पहलकदमी लिनुपर्ने औल्याउनु भयो ।

उहाँले शैक्षिक निजीकरण , ब्यापारीकरण , माफियाकरण र सबै प्रकारको भ्रष्टाचार विरुद्ध धावा बोल्न विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

