Rashtriya Dainik

पर्साको एसपी ढुंगेलको अलौका आगलागीपीडितलाई राहत

वीरगन्ज, २ जेष्ठ

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बीरगन्ज महानगरपालिका वडा नम्वर १७ मा आगो लागेर घर जलेका परिवारहरुलाई राहत बितरण गरेका छन ।

नेपाल प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा-१७ अलौ स्थित बुढियामाई टोलका आगलागीपीडितलाई मंगलबार बिहान राहत प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ड्राईपोर्टोले आगलागीपीडित ८ परिवारलाई राहत सामग्री प्रदान गरेको हो । पीडित परिवारलाई पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले राहत सामग्री वितरण गर्नुभएको छ ।
पीडित परिवारलाई चामल, दाल, आलु , प्याज ,तेल , नुन , आटा , चिनी लगाएतको सामानहरु प्रदान गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताउनुभयो । उहाँले आगलागी पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनी नेपाल प्रहरीको तर्फबाट राहत प्रदान गरिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढुंगेलले आगलागी पीडितलाई यस्तो दुःखको घडीमा सबै मिलेर बस्न अनुरोध गर्नुभयो । उहाँले पर्सामा आगलागीबाट व्यापक जनधनको क्षति भइसकेको भन्दै सावधानी अपनाउन समेत स्थानीयसँग आग्रह गर्नुभयो ।


राहत वितरण कार्यक्रममा साथमा वडा अध्यक्ष सन्जु छत्कुली र सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरुको पहलमा राहत बितरण गरिएको हो। सो कार्यक्रममा वडा सदस्य नेशार अहमद महिला वडा सदस्य राप्रपाका जिल्ला अध्यक्ष सुमेशवर उपाधयाय नेपाली कांग्रेस २ को ख का अध्यक्ष शैलेन्द्र उपाधयाय नेपाली कांग्रेस १७ का बुथ कमिटी अध्यक्ष शिवओम लामिछाने र बरिष्ठ पत्रकार शेखर छतकुली लगाएतको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित