Rashtriya Dainik

गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह अन्तर्गत सवारी चालक र सह चालकहरुको स्वास्थ्य परिक्षण

आरपि उपाध्याय / नवलपरासी ,३१ बैशाख

गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह (२०८१) अन्तर्गत छैठौं दिन सवारी चाल र सह चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरले आफ्नो मातहतका पोस्टहरुबाट सवारी दुर्घटना न्यूनीकरणको लागि चालक र सह चालकहरुको स्वास्थ्य परिक्षण सहित सवारीको मेकानिकल परिक्षण गरिएको ट्राफिक निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभएको छ।
पुर्व पश्चिम राजमार्गको दाउन्ने नारायणघाट सडक खण्डमा ३८१ चालक र सह चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो भने १८४ साधनको मेकानिकल परिक्षण गरिएको जानकारी गराइएको छ।
त्यसैगरी जिल्ला ट्राफिक कार्यालय नवलपुरले कावासोती २ मा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको उद्घाटन गरिएको छ।
प्र.जि.अ. श्रेष्ठले रक्तदानको लागि खाली पोको ट्राफिक निरीक्षक आचार्यलाई दिएर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो।
सो अवसरमा प्र.जि.अ. श्रेष्ठले रगत दान गरेर दुर्घटनाको उच्च जोखिममा परेका घाइतेलाई बचाउन सकिने हुँदा यस्तो पवित्र कार्यलाई सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।
रक्तदान कार्यक्रममा प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेल सहित १३ जना, नेपाली सेनाका ४ जना र अन्य सर्वसाधारणबाट २१ गरि कुल ३८ व्यक्तिहरुले रक्तदान गर्नुभएको आयोजकले बताएको छ।

त्यसैगरी अस्थायी ट्राफिक पोस्ट त्रिवेणीले गत बैशाख १९ गते रुपन्देहीको ठुटे पिपलबाट चोरी भएको लु.अ.५०प२२२३ नम्बरको स्कुटी चेकजाँचको क्रममा बरामद गरेको छ।
स्कुटी धनी अरुण भट्टराईले आफ्नै घरको बाउन्ड्रीभित्र राखेको स्कुटी चोरी भएको २ साताभित्र विनयी त्रिवेणी ७ मा ट्राफिक प्रहरीले चेकजाँच गर्दा उक्त स्कुटी ट्राफिक प्रहरीले बरामद गरेको थियो।

स्कुटी धनी भट्टराईले स्कुटीको कागजपत्र र अन्य कानुनी प्रक्रिया पूरा गरेपछी विनयी त्रिवेणी वडा न.६ का वडाध्यक्ष नुरेन्द्र शाह र स्थानीय सञ्चारकर्मीको रोहबरमा स्कुटी धनीलाई बुझाइएको ट्राफिक पोस्ट त्रिवेणीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित