आरपि उपाध्याय / नवलपरासी ,३१ बैशाख
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी वडा न. ६ र ७ को संयुक्त आयोजनामा कृयाशिल सदस्यता वितरण तथा बृहत् अन्तर्कृया कार्यक्रम विनयी त्रिवेणी ७ को शिवपुरगढीमा सम्पन्न भएको छ।
वडा न.७ का वडा संयोजक निरन्जन थापाको अध्यक्षता तथा विनयी त्रिवेणी पालिका संयोजक एवं नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नवलपुरका सह सचिव उदयराज अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा पालिका संयोजक एवं जिल्ला कार्य समितीका सह सचिव अर्यालले पार्टीभित्र मौलाएको आन्तरिक विवादलाई अन्त्य गरेर एकता र मेलमिलापलाई अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।
संयोजक अर्यालले विगतको स्थानीय निकाय निर्वाचनमा पार्टीले भोगेको पराजयको पिडालाई बिर्सेर थप शक्ति सञ्चय गर्दै पुराना नेता र कार्यकर्तालाई सम्मान गरि पार्टी एकतालाई बलियो बनाएर लानुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
सो अवसरमा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गा.पा. सभापति अजित थापा, वडा न.१ का वडाध्यक्ष दिपक पौडेल, पालिका उपसभापति प्रकाश कुवर, काङ्ग्रेस नेता बुद्धिसागर उपाध्याय,पुर्व वडाध्यक्ष गोपाल बहादुर क्षेत्री,वडा न.६ का वडा सभापति वीर बहादुर ठकुरी लगायतले पार्टी संगठनको विभिन्न गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।

अन्तर्कृया कार्यक्रममा २०७९ सालको स्थानीय तहको निर्वाचनमा ने.का. उम्मेदवारको पराजयले उत्पन्न अवस्थामा पार्टीकै केही आन्तरिक तत्वबाट भएको असहयोगले ठुलो क्षती बेहोर्नु परेकोमा आगामी दिनमा सबै खाले कमीकमजोरी अन्त्य गरि पार्टीलाई पुरानै लयमा फर्काउन पर्ने सुझाव पनि क्षेत्रीय प्रतिनिधिहरुले दिएका थिए।
पार्टीको जिल्ला र केन्द्र तहका नेता सुविधा भोगी भएको र तल्लो तहका कार्यकर्तालाई हेर्ने दृष्टिकोण विभेदकारी भएकोमा त्यस्ता खाले प्रवृत्ति सदाको लागि अन्त्य गर्नुपर्ने पनि सुझाव दिइएको कार्यक्रम सञ्चालक एवं वडा न.७ का सचिव गिरीधर स्वर्णकारले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

