Rashtriya Dainik

सशस्त्र प्रहरी बल नेपाल न.२७ गण हे.क्वा.सिद्धार्थ नगर रुपन्देहीको १७ औं स्थापना दिवस

आरपि उपाध्याय / नवलपरासी ,३० बैशाख

सशस्त्र प्रहरी बल नेपाल न.२७ गण हे.क्वा.सिद्धार्थ नगर रुपन्देहीको १७ औं स्थापना दिवस (२०८१) एक भव्य कार्यक्रम सहित आइतबार सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्याबासिनी मुख्यालयका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले नेपाल सरकारले दिएको जिम्मेवारीलाई आफुहरुले मन,कर्म,वचनद्वारा पूरा गर्दै आएको बताउदै साधन र सामर्थ्यले भ्याएसम्म प्राप्त जिम्मेवारी र कर्तव्यलाई पूरा गर्दै आएको धारणा राख्नुभएको थियो।


स्थापना दिवसको अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राज्यले प्रदान गरेको महत्त्वपूर्ण जिम्मेवारीलाइ पालन गर्दै आएको सशस्त्र प्रहरी बल नेपालले राष्ट्र र नागरिकलाई पुर्याएको योगदान प्रसंसक रहेको विचार व्यक्त गर्नुभयो।

वार्षिकोत्सब कार्यक्रममा सिद्धार्थनगर नगरपालिका रुपन्देहीका प्रमुख इतिहाक अन्सारीले नागरिकको समस्यालाई सुरक्षा निकायले समय सापेक्ष रुपमा सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको थियो।
शान्ती,सभ्यता प्रतीरक्षा लुम्बिनी बुद्ध भुमिलाई मुल आदर्शको रुपमा लिइ आफ्नो जिम्मेवारी पथमा अगाडि बढेको २७ न. गण हे.क्वा. को वार्षिकोत्सब समारोहमा उत्कृष्ट खेल देखाउने खेलाडीहरुलाई सम्मान सहित प्रशन्सा पत्र प्रदान गरिएको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल २७ न. गण नेपाललाई विशेष योगदान पुर्याउने गाउँपालिका र उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार एवं शहिद परिवार तथा यसै वर्षदेखि गणबाट अवकाश हुने सशस्त्र प्रहरी कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो।


सिमा सुरक्षा, राजस्व चोरी,तस्करी नियन्त्रण, शान्ती,सुरक्षा जस्तो जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल २७ न. गणले राम्रो कार्य सम्पादन गरि सन्तोषजनक नतिजा निकालिएको पनि जानकारीमा आएको छ।
२७ न. गणको १७ औं वार्षिकोत्सब समारोहमा गणपती सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले सबैमा धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नुभएको आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित