Rashtriya Dainik

कांग्रेस सरावलको किसान महासंघको अध्यक्षमा कृष्ण बहादुर चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,३० बैशाख

नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघको अध्यक्षमा कृष्ण बहादुर चाैधरी चयन हुनु भएको छ ।

नेपाल किसान महासंघमा चाैधरीकाे नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

महासंघको उपाध्यक्ष भेष नारायण चाैधरी, यज्ञमुर्ति न्याैपाने ,सचिवमा घनश्याम चाैधरी ,श्रीराम यादव , सहसचिवमा लाल बहादुर राय,काेषाध्यक्षमा राजेश प्रसाद हरिजन चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा पशुपति प्रसाद यादव, देबेन्द्र चाैधरी ,बिरेन्द्र चाैधरी , अलाउदिन धाेबी,राजेश चाैधरी ,शिवनाथ यादव र मुरारी चाैधरी रहनुभएकाे छ।

कृष्ण बहादुर चाैधरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै नेता कण्डेलले किसानका समस्याहरु ओझेलमा पर्न नदिने बताउनुभयो । नेता कण्डेलले नेपाली कांग्रेसलाई अझ बढी बलियो बनाउन नेपाल किसान संघकाे ठुलो याेगदान रहने बताउँदै किसानले राज्यद्वारा प्राप्त गर्ने अनुदान र कार्यक्रमहरु वास्तविक किसानले नै पाउने वातावरण बनाउन किसान संघकाे याेगदान रहनुपर्ने चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठनिक आधारशिला भएकोले पार्टीले नेपाल किसान संघलाई आवश्यक सल्लाह सहयोग र मार्गनिर्देशन गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।


कार्यक्रम काङ्ग्रेस नवलपरासीको बरिस्ठ सदस्य माेहन शर्मा ,नेता राधेश्याम चाैधरी, काङ्ग्रेस सरावल गाउँपालिका उपसभापति महेन्द्र चाैधरी ,सरावल गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा नम्बर ६ वडा अध्यक्ष लक्षुमण चाैधरी लगाएत काङ्ग्रेस वडा देखि पालिकाका भातृसंगठन तथा सुबेच्छुक संस्थाका पदाधिकारीहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित