Rashtriya Dainik

‘क्रान्तिकारी एकताको स्वागत’

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल र नेकपा(मशाल)बीचको ऐतिहासिक एकता पछि जिल्लास्तरमा एकता कार्यक्रम सम्पन्न गर्ने बारे नेतृत्वहरु माझ शनिवार परिचयात्मक छलफल भएको छ ।

सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले क्रान्तिकारी शक्ति बिचको एकता आजको आवश्यकता भएको भन्दै एकतालाई स्वागत गर्नुपर्ने औल्याए । दुई पार्टीको जिल्ला नेतृत्व माझमा पार्टीको आगामी योजना बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अर्का केन्द्रीय सदस्य रवि पान्डेयले क्रान्तिकारीहरुको एकतालाई भाड्न विभिन्न कोणबाट षडयन्त्र भैरहेकोले सचेतनापुर्वक एकतालाई सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा साबिक नेकपा( मशाल) का जिल्ला सेक्रेटरी मिलनले एकता प्रति ऐक्यबद्ध भएर अगाडि बढ्नुको बिकल्प नभएको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु गणेश बहादुर ढकाल, दुर्गा नारायण चौधरी, चुडामणि भन्डारी , रामचन्द्र पोखरेल, यम बहादुर गुरुङ, न्युक्लियस र बिद्यार्थी नेता सन्देश सापकोटाले नयाँ ढ्ङगको आन्दोलनलाई सङ्गठित गर्न एकताले सहयोग पुग्ने बिचार ब्यक्त गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित