उमेश बि.क / नवलपरासी ,२९ बैशाख
विद्यालयमा अध्ययनरत बालबालिकालाई विपद्को जोखिमबाट हुने असरबाट जोगाउन तथा समुदायमा सन्देश प्रवाह गर्न सरावल गाउँपालिकाले विपद् जोखिम न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सरावल गाउँपालिकाकाे आयाेजना तथा सशस्त्र प्रहरी सीमा सुरक्षा बल (बिओपी) भुजहवाकाे प्राविधिक सहयोगमा विपद जोखिम क्षेत्रका विद्यालयमा जनचेतनामुलक अभियान सम्बन्धी कार्यक्रम गरिएको हाे।

जनता मा.बि भुजहवा,महेन्द्र जनता मा.बि गडौरी,बिनोद निता कंडेल नि.मा.बि दुबौलिय , जनता आधारभूत धनगडवा र सिद्धार्थ मा.बि गाेबरहिया लगाएतका पन्द्र सय विद्यार्थीहरुलाई आगलागि सम्वन्धी विपद् प्रतिकार्य अभ्यास तथा विपद सम्बन्धि जनचेतना मुलक कार्यक्रम प्रदान गरिएको हाे।

कुनै पनि खालको विपदमा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बालअधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट जोगाउन अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाकाे उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।
वालवालिकाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुले आफ्नो आवाज उठाउन सकुन् र सम्वन्धित निकायले उनीहरुको समस्या तथा कुरा सुनुन्, जसले विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय बालक्लबका सदस्यहरुका लागि विपद् जोखिम न्युनीकरण सम्बन्धी अभिमुखीकरण तथा अभ्यास कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले जानकारी दिनुभयो ।

बालवालिकाहरुले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना बनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा बाालबालिकाहरुले आफनो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउनु कार्यक्रमको उद्देश्य रहेको विपद् ब्यवस्थापन शाखा संयाेजक अब्दुल रज्जाकले बताउनुभयो ।

सो अभिमुखीकरण कार्यक्रम सशस्त्र प्रहरी सीमा सुरक्षा बल (बिओपी) भुजहवाकाे प्रमुख बिजय कुमार दांगी लगाएतकाे टाेलीले अभ्याससंगै अभिमुखीकरण कार्यक्रम सहजिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

