Rashtriya Dainik

स्थानीय तहको प्रथमिकतामा रोजगारी,सुस्ताकाे ३० जना युवालाई पलम्बिङ्ग तालिम

उमेश बि.क / नवलपरासी , २९ बैशाख

देशभर रोजगारीको लहर चलिरहेको बेला स्थानीय सरकार पनि आ–आफ्नै तरिकारले रोजगारी सिर्जना गर्न लागेका छन् ।

निर्वाचनताका रोजगारीलाई प्राथमिकता दिएका स्थानीय तहले अहिले विस्तारै कार्यान्वयको चरणमा लगेका छन् ।

यसै क्रममा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले ३० जना युवालाई पलम्बिङ तालिम सुरु गरेको छ ।

सुस्ता गाउँपालिकाको आयोजनामा र कृष्टिना एण्ड कृष्टल इन्टरनेशनल कन्सल्टेन्सी रुपन्देहीको प्राबिधिक सहयोगमा सन्चालन हुने तालिम सुस्ता गाउँपालिकाकाे अध्यक्ष टेकनारायाण उपाध्यायले उद्द्घाटन गर्नुभएको हाे।

तालिमको उद्द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिकाका अध्यक्ष उपाध्यायले युवा जनशक्ती भनेको देशको मेरुदण्ड रहेको बताउदै देशमै व्यवसायी गर्ने युवाहरूलाई पालिकाले सहयोग गर्ने बताउनुभयो ।

अध्यक्ष उपाध्यायले सीप सिकेर नेपालमै राेजगारी सृजना हुनुका साथै वैदेशिक रोजगारको शिलशिलाले बिदेश जादा लेबर काममा जान भन्दा केही सीप सिकेर दक्षकर्मी भएर जानको लागि पनि यो तालिमले सहयोग पुर्‍याउने बताउनुभयो ।

त्यस्तै सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले ज्ञान र सीप अरुको लागि नभएको जति पढ्यो जति सीप सिक्यो त्यो आफैलाई काम लाग्ने बताउनुभयो । अधिकृत भुसालले सहभागी युवाहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्नुपर्ने र सकेसम्म आफ्नै गाउँ ठाउँमा व्यवसाय गरेर पालिकालाई पनि सहयोग गर्नुपर्ने आग्रह गर्नुभएको थियोे ।

३ सय ९० घण्टा समयको पलम्बिङ्ग तालिममा सुस्ता गाउँपालिका वडा न १ देखी वडा न ५ सम्म गरि ३० जना युवाहरुको सहभागिता रहेकोे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित