नेपालगन्ज , २९ वैशाख
भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गरी बाँकेको नेपालगन्जस्थित जमुनाहा नाका तीन दिन बन्द (सिल) हुने भएको छ ।
भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख ३१ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी शुक्रबार राति १० बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जमुनाहा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
सहायक प्रमख जिल्ला अधिकारी लालबहादुर गुरुङले एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नाका बन्द गरिएको बताएका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

