आरपि उपाध्याय / नवलपरासी ,२८ बैशाख
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ शिवपुरगढीमा एक कार्यक्रममा सुझाव दिने वक्ताहरूले बहुचर्चित त्रिवेणी दुम्किबास सडक तत्काल निर्माणको प्रक्रिया अगाडि बढ्नुपर्ने र राष्ट्र सेवक कर्मचारीहरुले नागरिक सङ्ग सरल र सद्भावपुर्ण व्यवहार गर्नुपर्ने कुरामा जोड दिएका थिए।
।
उनीहरुले निशुल्क शिक्षा हुँदाहुँदै पनि शिक्षामा बजारीकरणको प्रभाव बढेकोमा चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयहरुले कुनै पनि बहानामा रकम लिन नपाउने कुरा बताए।
विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा आ.ब. ०८०/८१ को तेस्रो त्रैमासिक प्रगती समीक्षा एवं खर्च सार्वजनिकीकरण कार्यक्रममा सुझाव दिने सहभागीहरुले उक्त भनाइ राखेका थिए।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सेवा दिने निकायबाट सेवाग्राहीलाई उच्च सम्मानका साथ भरपर्दो र विश्वसनीय ढंगको सेवा दिनुपर्ने धारणा राख्दै सार्वजनिक सुनवाइमा आएका विचार र सुझावलाई अक्षरसः पालना गर्ने बताउदै अध्यक्ष गिरीले विनयी त्रिवेणी गाउँपालिकालाई समृद्ध पालिका बनाउन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष भगवती बैदवारले न्यायीक समिती प्रती नागरिकको भरोसा हुँदाहुँदै पनि अन्य निकायमा जाने प्रथालाई अन्त्य गर्नुपर्ने विचार राख्दै आफ्ना जनप्रतिनिधिलाई सम्मान र विश्वास गर्न आग्रह गर्नुभयो। 
सार्वजनिक सुनवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले वार्षिक प्रगती समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै सबै शाखा प्रमुख र निकायबाट अब उप्रान्त कुनै किसिमको गुनासो नआउने किसिमको व्यवहार गर्नुपर्ने धारणा राख्नु भएको थियो।
सार्वजनिक सुनवाइ कार्यक्रममा विनयी त्रिवेणी २ की वडा अध्यक्ष पुष्पा आले मगर,वडा न.६ को वडा अध्यक्ष नुरेन्द्र शाह लगायतले वडागत प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सार्वजनिक सुनवाइ कार्यक्रममा पालिका अन्तर्गतका शाखा प्रमुखहरूले आफ्नो शाखाप्रती राखिएको जिज्ञासाको जवाफ दिनुभएको जानकारी प्राप्त भएको छ।

कार्यक्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालका स्थानीय युनिटका प्रमुख, जनप्रतिनिधिहरु,सञ्चारकर्मी र अन्य सर्वसाधारणहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक एवं पत्रकार तिर्थ डुम्रेले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

