Rashtriya Dainik

पशुपालनमा सहयोग पुगोस भन्ने उदेश्यले सामाग्री हन्तान्तरण

नवलपरासी , २७ बैशाख ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम , नवलपरासीको आयोजनामा आवश्यकतामा आधारीत कृषि पशुपन्छी विकास कार्यक्रम अन्तर्गत निशुल्क रुपमा आज परासीमा विभिन्न सामाग्री हन्तान्तरण गरिएको छ ।
जिल्लाको रामग्राम र पाल्हीनन्दन का १५ जना पशुपालन किसानहरुलाई कार्यालयले पशुपालनमा सहयोग पुगोस भन्ने उदेश्यले १४ थान मोटर सहित च्याप कटर एक जना किसानलाई मोटर सहितको डेलीभर पाईप र सिमर शिबल वितरण गरिएको हो ।


किसानहरुलाई सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै लुम्बिनी प्रदेश अन्तर्गत पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक प्रबेश सिंह कुवरले निशुल्क रुपमा प्राप्त गरिएको सामाग्रीलाई दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
सो क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम , नवलपरासी कार्यालय प्रमुख श्रवण कुमार चौधरीले किसानहरुलाई प्राप्त गर्ने समाग्रीले पशुपालन कार्यमा सहयोग पुग्ने विस्वास लिईएको बताउनुभयो ।


कार्यालय परिसरमा आयोजीत सामाग्री हन्तान्तरण कार्यक्रमको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पश्चिम , नवलपरासी शुरेस प्रसाद मिश्राले संचालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित