Rashtriya Dainik

नेपाल भारत सिमा सुरक्षा बलका जनशक्तिद्वारा फोहोर व्यवस्थापन सहितको सफाइ अभियान

आरपि उपाध्याय / नवलपरासी ,२७ बैशाख

पश्चिम नवलपरासी सरावल गाउँपालिकाको दक्षिणी सिमावर्ती दशगजा क्षेत्रमा नेपाल भारत सिमा सुरक्षा बलका जनशक्तिद्वारा फोहोर व्यवस्थापन सहितको सफाइ अभियान सम्पन्न गरेका छन।

सशस्त्र प्रहरी बल नेपाल २६ न. गण अन्तर्गत भुजहवा बि.ओ.पी. का जनशक्ति र भारतीय एस.एस.बि. २२ न. बटालियन अन्तर्गत झुल्निपुर बि.ओ.पि. का जवानद्वारा सफाइ कार्यक्रम सम्पन्न गरेका हुन।

पश्चिम नवलपरासी २६ न. गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश बाग्लेले यो सफाइ अभियान नियमित प्रक्रिया भएको तथा यसबाट सिमा क्षेत्रमा सफाइ र सफाइ गर्नुपर्ने सन्देश गरिएको जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बल नेपाल भुजहवा बि.ओ.पि. का सशस्त्र प्रहरी निरीक्षक बिजय डाङ्गीको नेतृत्वमा १२ जना तथा एस.एस.बि. झुल्नीपुर बि.ओ.पि. का सब इन्सपेक्टर अमिताभ साह र एस.एस.बि. बहुवार पोस्टका जिसैलीको नेतृत्वमा २० जनाको जनशक्तिले नेपाल भारतको दशगजा क्षेत्रमा बुट्यान र झार सफाइ गरेका थिए।

सिमावर्ती दशगजा क्षेत्रमा झारपात उम्रीएर एक ठाउँबाट अर्को ठाउँको भुभाग नदेखिएपछि दुबै देशका सिमा सुरक्षा बलका जनशक्तिले सफाइ गरेका हुन।


उनीहरुले दशगजा क्षेत्रमा गाइ,बाख्रा बाध्ने र सो का लागि गाडिएको किलाहरु पनि उखेली सिमा क्षेत्रलाई सफा र हरियाली बनाउने उद्देश्यले उक्त कार्य गरिएको बताइएको छ।
सिमाक्षेत्रमा उत्पन्न सानातिना समस्यालाई आपसी सहमति पुर्वक नै समाधान गर्ने तथा दुबै देशका स्थानीय नागरिकलाई कुनै प्रकारको सास्ती हुन नदिन दुबै पक्ष सचेत रहने पनि दुबै देशका स्थानीय सुरक्षा अधिकारीहरुले बताएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित