आरपि उपाध्याय / नवलपरासी ,२६ बैशाख
माता तिर्थ अमावश्याको अवसरमा एम्बिसन क्लब विनयी त्रिवेणी ७ रानीनगरको आयोजनामा ममतामयी आमाहरुको महिमा कार्यक्रम सम्पन्न भएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का जेष्ठ आमाहरुलाई त्रिनेत्र महादेव एवं बागेश्वरी मन्दिर प्राङ्गणमा आमाको महिमा सहित एवं सम्मान गरिएको थियो।
एम्बिसन क्लबका संस्थापक अध्यक्ष शेखर मर्दन शाहको अध्यक्षता तथा ९५ वर्षीय जेष्ठ आमा दिलसरी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सम्मान कार्यक्रममा मन्दिरका मुख्य पुजारी होमनाथ न्यौपाने,वडा न.७ की वडा सदस्य शोभा क्षेत्री,एम्बिसन क्लबका अध्यक्ष विश्वमर्दन शाह, सञ्चारकर्मी आर.पि.उपाध्याय लगायतले आमा सम्मान कार्यक्रमको महत्वमाथी प्रकाश पार्नुभएको थियो।
क्लबका पुर्व अध्यक्ष दिपक कुवरले ममतामयी आमाको विषयमा कविता वाचन गर्नुभएको जानकारी प्राप्त भएको छ।

सम्मान कार्यक्रममा विनयी त्रिवेणी ६ र ७ बाट ३०० को संख्यामा आमाहरुको उपस्थिति रहेको एम्बिसन क्लबका सचीव कृष्ण सराफले बताउनुभएको छ।
यसपुर्व पनि एम्बिसन क्लबले आमाहरुको सम्मान तथा सामाजिक गतिविधि पनि गर्दै आएको क्लब स्रोतले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

