Rashtriya Dainik

ट्राफिक सप्ताह २०८१ अन्तर्गत प्रभात फेरि कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२५ बैशाख

जिल्ला ट्राफिक कार्यालय (बर्दघाट सुस्ता पुर्व) को आयोजनामा ट्राफिक सप्ताह २०८१ अन्तर्गत प्रभात फेरि कार्यक्रमका साथ मङ्गलबारदेखी विशेष कार्यक्रम सहित शुभारम्भ भएको छ।

ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत जिल्ला मुख्यालय कावासोतिमा सचेतनामूलक रेली निकालिएको थियो।

ट्राफिक सप्ताह सचेतनामूलक रेलीमा नवलपुर जिल्ला अन्तर्गतका संघसंस्थाका प्रतिनिधि, नेपाली सेना,नेपाल प्रहरी,ट्राफिक प्रहरी, खेलाडीहरु र स्कुले विद्यार्थीहरुको सहभागिता रहेको बताइएको छ।

नवलपुर जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बि.क. ले ट्राफिक सप्ताहको उद्घाटन गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबै पक्षले ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्ने धारणा राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी ऐनको पुर्ण पालना गर्नुपर्ने विषयमा जानकारी गराउनु भएको थियो।
जिल्ला ट्राफिक कार्यालय नवलपुरले बैशाख ३१ गतेसम्म अव्यवस्थित पार्किङ हटाउने, जनचेतनामूलक माइकिङ गर्ने,पर्चा पम्प्लेट वितरण गर्ने कार्यक्रम रहेको ट्राफिक कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिनुभएको छ।
नवलपुर जिल्लाकै विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ मा पनि ट्राफिक सप्ताह अन्तर्गत जनचेतनामूलक कार्यक्रम गरिने ट्राफिक प्रहरी निरीक्षक आचार्यले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित