राजन कुमार बानिया /पर्सा, २५ बैशाख
पर्साको छिपहरमाई गाउँपालिकामा गाउँपालिका स्तरीय मेयर कप टि २० क्रिकेट टुर्नामेन्ट अाज बाट सुरु भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वा क्रिकेट कल्बको आयोजनामा भएको मेयर कप टि– २० क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले ब्याटिङ गर्दै उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि रहनु भएका अध्यक्ष गुप्ताले उद्घाटन गर्दै अबका युवाहरुलाई खेलकुदमा मात्र आवश्यकता नभइ देश चलाउनमा पनि युवाको आवश्यकता रहेको बताए । युवाहरुको खेलकुदको माध्यमबाट शारीरिक र मस्तिष्क विकासका साथै गाउँपालिकाको नाउँ देश विदेशमा चिनाउने गरेकोले खेल हरुलाई प्राथमिकता राखिएको बताए ।
अाउने दिनमा पुर्णरुपले सहयोग गरिने बताए ।वडा नं ५ भिस्वामा रहेको खेलमैदानमा भएको मेयर कप टि– २० क्रिकेट टुर्नामेन्टमा अायोजक क्रिकेट कल्ब भिस्वा र पकहामैनपुर गाउँपालिकाको सबैठवा बीच भएको टसमा अायोजक कल्ब भिस्वाले टस जिति पहिलो बैटिंग गर्दन २ अोभरको खेलमा ११ रन बनाएपछी पानी पर्न लागेको कारण खेल लाई रोकिएको अायोजक कमिटिका मनोज पटेलले जानकारी दिएयो।
अाज रोकिएको खेल भोलि बुधबार हुने अायोजकले जनाए का छन।
भएको टी– २० क्रिकेट टुर्नामेन्ट खेलको उद्घाटन कार्यक्रम वडा नं ५ भिस्वाका वडाअध्यक्ष मौजीलाल साह कानुको अध्यक्ष्ातामा भएको कार्यक्रममा उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत अशोक रौनियार,सशस्त्र प्रहरी बल लहावरथकरीका डिएसपी प्रेमबहादुर कठायत, वडा अध्यक्ष कामेश्वर यादव,महेन्द्र साह कलवार, दिपेन्द्र सिंह, कार्यपालिका सदस्य ,महिला, सदस्य ,शिक्षक, स्थानिय दर्शकहरु लगायतको सहभागिता रहेको थियो ।

मेयर कप टि २० क्रिकेट टुनामेन्ट खेलमा ८ वटा टिम भागलिएको अायोजक संस्थाले जनाएका छन। भोलिको खेल छिपहरमाई गाउँपालिका र बिरगंज १६ बिच हुने छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

