Rashtriya Dainik

पर्साको पोखरिया ४ मा बिष्णु महायज्ञ हुने , माछा मासु प्रतिबन्ध

राजन कुमार बानिया /पर्सा ,२५ बैशाख

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा  बैशाख २७ गते देखी हुने श्री बिष्णु महायज्ञको सम्बन्धमा आज वडा नम्बर ४ को वडा अध्यक्ष तथा महायज्ञ अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भयको छ।

महायज्ञको पहिलो दिन २७ गते  बिहिबार जल यात्रा कलश सहितको शोभा यात्रा ।

यज्ञ प्रारम्भ अग्नि मंथन मण्डप प्रवेश २८ गते शुक्रबार महायज्ञको पूर्णआहुति जेष्ठ ४ गते हुने छ।

बैठक बाट विभिन्न निर्णयहरु भयको छ।

१. पोखरिया बजार स्थित रहेका  माछा, मासु, तथा दारू, रक्सी, मदिरा जन्य पदार्थ मांसाहारी पसलहरुलाई यज्ञ अवधी भरी बैशाख २७ गते जल यात्रा देखी जेष्ठ ४ गते यज्ञको पूर्णआहुति को दिन सम ९ दिन यि पसलहरु बन्द रहने तथा बिक्री वितरण नहुने सर्वदलीय बैठकबाट निर्लय गरिएको वडा अध्यक्ष तथा यज्ञ अध्यक्ष लक्षमण साह कानूले बताएका हुन ।

२. यज्ञको कलश यात्रामा नगर पालिकाको सबै वडाहरुबाट वडा अध्यक्षहरू तथा समाज सेबीको नेतृत्वमा कुवारी कन्यालाई आमन्त्रित गरी सहभागी गराउने।

३. कलश यात्रा यज्ञ मण्डप बाट सुरु भई  सतवरिया हुदै, बारवा नदी मा जल भरी सेमरबारी हुदै पोखरिया गाउ हुदै पुन मण्डपमा पुग्ने निर्लय भयको छ।

४. यज्ञ स्थल तथा मेलामा आउने दर्शनार्थीको लागी ठाउ ठाउमा चापाकाल , सौचालय , पिसाब घरको बयवस्था गरीने ।

५.दर्शनार्थीको लागी निशुल्क प्राथमिक उपचार सेवा, तथा औषधी वितरण गरिने र नर्स तथा डॉक्टर रहने निर्लय भयको छ।

६. साधु सन्त महात्मा , तथा ताढा ताढ़ा बाट आएका दर्शनार्थी का लागी खान बसनको ब्यवष्था निशुल्क गरियको छ।
मेलामा, मौतका कुवा, टावर झुलुवा, रामलीला ,राशलिला, सहित प्रबचन कर्ता, र दर्शनार्थीको लागी सानती सुरक्षाको लागी स्थानीय युवा स्वयं सेवक , सुरक्षा कर्मीलाई समेत राखी सुरक्षा गरिने निर्लय भयको छ।
 सो बैठक वडा अध्यक्ष तथा यज्ञ अध्यक्ष लक्षमण साह कानू को अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पोखरिया नगर पालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,वडा अध्यक्ष केदार महतो चाई, महेन्द्र महतो चाई, सोनालाल साह गोड,  पोखरिया नगरपालिकाको पूर्व मेयर सिपनारायण प्रसाद रौनियार, नेकपा एमालेका नगर अध्यक्ष बिंधाचाल ठाकुर, नेपाली कांग्रेसका नगर अध्यक्ष रामबाबू चौहान ,नेता नेजामोदिन समानी , संकर प्रसाद यादव पन्नालाल पटेल, समाज सेबी  गोरख साह कानू ,गोवर्धन यादव  , भारत साह तेली , बालाकी राम ,कौशल साह गोड, जोगेन्द्र प्रसाद रौनियार,स्थानीय युवा ,बुद्धि जीवी, समाज सेवी, गुरु वर्ग ,पुरोहित, साधु सन्त लगाएतकाहरुको उपस्थित रहेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित