Rashtriya Dainik

महेन्द्र जनता मा.बि गडाैरीकाे दुई काेठे भवनको शिलान्यास

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र जनता मा.बि गडाैरीमा दुई काेठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

लुम्बिनी प्रदेश सामाजिक डिभिजन कार्यालयबाट +2 संचालनको लागि बिस लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले शिलन्यास गर्नुभएको हाे।


महेन्द्र जनता मा.बि गडाैरीका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आलमगिर खानकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठककाे प्रमुख आतिथ्यता एवं सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे विशिष्ट आतिथ्यतामा एक कार्यक्रम बिच शिलान्यास गरिएको हाे।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य पाठकले विद्यालयको बृद्धि विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको सम्झौता नगर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । वदलिदो आधुनिक प्रणाली अनुरूप शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि नयाँ नया प्रविधियुक्त शैक्षिक प्रणालीको विस्तारमा विशेष पहल गरिरहेकाे बताउनुभयो । साथै वहाँले उक्त भवनको निर्माणले विद्यालयको भौतिक पुर्वाधार विकास हुने र यसले विद्यालयको पठनपाठनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


त्यस्तै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले भवन निर्माणले विद्यार्थीहरुलाई सहज रूपमा शैक्षिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । सरावल गाउँपालिकाले शैक्षिक क्षेत्रका प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । शैक्षिक विकास भएमा अन्य विकासका पुर्वाधारको सम्भावना हुने भएकोले गाउँपालिकाले शैक्षिक क्षेत्रलाई मध्ये नजर गरि भवन निर्माण, विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण लगाएतका कार्यक्रमहरू सञ्चालन गरिरहेकाे बताउनुभयो ।


भवन शिलान्यास कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ क क्षेत्रीय सभापति बेद प्रकाश शर्मा,सरावल ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता ,वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी ,सरावल ५ निवर्तमान वडा अध्यक्ष दिनेश सहानी लगाएतकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित