आरपी उपध्याय /२४ बैशाख
त्रिवेणी स्टार क्लब विनयी त्रिवेणी ७ को आयोजनामा वडा स्तरीय २०/२० क्रीकेट प्रतियोगिता नारायणी गण्डकी मा.वि. त्रिवेणीको खेल मैदानमा एक कार्यक्रम का बिच प्रारम्भ भएको छ।
त्रिवेणी स्टार क्लबका उपाध्यक्ष बिनोद थापाको अध्यक्षता तथा विनयी त्रिवेणी गा.पा. वडा न. ७ का वडाध्यक्ष उमेश कार्कीको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिएको थियो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको वडा स्तरीय क्रीकेट प्रतियोगितामा विनयी त्रिवेणी गा.पा. वडा न. ६ र ७ अन्तर्गतका ९ क्रीकेट टीमको सहभागीता रहने आयोजकले बताएको छ।
क्रीकेट प्रतियोगीताको उद्घाटन समारोहमा वडा न.६ को वडाध्यक्ष नुरेन्द्र शाह,वडा सदस्य शोभा क्षेत्री,सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि. का प्रमुख बिबेक लामिछाने, समाजसेवी निरन्जन थापा (सुनिल), विश्वमर्दन शाह,गोबिन्द शर्मा तथा पुर्व एवं वर्तमान क्रीकेट खेलाडीहरुको उपस्थिति रहेकोे थियो।
लागू औषध दुर्व्यसनी रोकथाम एवं नियन्त्रण गर्ने मुल उद्देश्यका साथ आयोजना गरिएको क्रीकेट प्रतियोगिता एक सातासम्म सञ्चालन रहने आयोजकले जानकारी दिएको छ।
सोमबारदेखि प्रारम्भ भएको क्रीकेट टुर्नामेन्टको उद्घाटन खेल शिवपुरगढी युवा क्लब र त्रिवेणी ब्वाइज (बि) बिच भएकोमा त्रिवेणी ब्वाइज (बि) टीमले टस जिति पहिलो ब्याटिङ गर्दै १४ ओभर खेलमा अल आउट हुँदै ६५ रन बनाएको थियो।
जवाफी ब्याटिङ गर्दै शिवपुरगढी टीमले ५ विकेटको क्षतिमा ९ ओभर खेल्दै निर्धारित लक्ष्य पूरा गरि उद्घाटन म्याचमा ५ विकेटले विजयी भएको हो।
उक्त खेलमा उत्कृष्ट खेल खेलेका शिवपुरगढी टीमका पप्पु थापा म्यान अफ द म्याच घोषित भएको आयोजक क्लबका उपाध्यक्ष बिनोद थापाले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

