Rashtriya Dainik

श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान तीन दिन पछि पक्राउ 

सुरेश यादव /नवलपरासी ,२४ बैशाख । 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका एक श्रीमानले आफ्नै श्रीमतिकाे हत्या गरि फरार रहेका आज तीन दिन पछि पक्राउ परेका छन् । वडा नं १६ सबुनी स्थित वर्ष  ३० कि ललिता कँहारलाई उनकै श्रीमान जाेखन कँहारले शुक्रबार राति ११:३० बजेकाे घाँटी र काेखामा धारिलो हतियार चक्कु प्रहार हत्या गरेर फरार रहेकाे कँहारलाई खाेजतलास गर्दा आज पाल्हिनन्दन ६ पडरी स्थित नेपाल भारत सिमानामा लुकिछिपी बसेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे छ । 

पक्राउ परेका कँहारलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्ला अदालत परासीबाट पाँच दिनकाे म्याद थप गरि थप अनुसन्धान भईरहेकाे सुचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयाे । मृतक ललिता र प्रतिवादी जाेखन बिच ८ वर्ष पहिला विवाह भई २ छाेराहरुकाे जायजन्म भएकाेमा श्रीमान र श्रीमती बिच बादबिवाद हुदा करिव ६ महिना अगाडि मृतक ललिता माईती घर भारत जिल्ला महाराजगन्जकाे निपनिया बस्दै आएकी थिन् ।

मृतककाे श्रीमान यहि बैशाख १७ साेमबारकाे दिन ससुराली घर गई आफ्ना सासू ससुरा र श्रीमतीलाई आफू सुध्रिने र घरमा मिलेर बस्ने कुरामा विश्वास दिलाए पछि ललिता श्रीमान संगै आफ्नाे ससुराली घर आएपछि शुक्रबार राति ११:३० बजेकाे समयमा आफू सुत्ने काेठामा निज कँहारले आफ्नाे श्रीमती ललिताकाे धारिलो हतियारले हत्याा गरि फरार रहेका आज पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पन्थीले अधिकारी पन्थीले बताउनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित