Rashtriya Dainik

रामग्राम स्तूपा जाने सडक नै स्थानियको कब्जामा

विनोद निगम/ नवलपरासी,२४ वैशाख।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ७ उज्जैनी स्थित प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रामग्राम स्तूपा जाने बाटोमैं फोहर फाल्ने र गाईवस्तु चराउने देखि लियर आफ्नो अन्न बाली समेत सुकाउने कार्य गर्नाले सडक कब्जा भई दुर्घटना हुने सम्भावना बढेको छ।

बाटो सबैको साझा सम्पत्ति हुनाले यसरी बाटोनै कब्जा गरि बालुवा गिट्टी,ट्राली,गाई,भैसी ,बाख्रा, राख्नु र फोहोरो गर्नु,अन्न बाली सुखाउन स्थानिय द्धारा प्रयाेग गर्ने हुनाले दुर्घटना बढ्नुको साथै पर्यटक आवागमनमा समस्या भइरहेको छ।

रामग्राम एक महत्वपूर्ण धार्मिक स्थल हो भने भगवान गौतम बुद्धको मौली घर पनि हो यहाँ केही महिना पहिला एक मात्र अस्त धातु रहेको स्थलमा अष्टधातु खोजीमा विदेशी पुरातात्विक विज्ञ तथा वैज्ञानिकहरू पनि आगमन भएको थियो। गौतम बुद्धका केही अष्टधातुहरु समेत फेल परेका थिए ।

सिद्दार्थ गौतम बुद्धको एक मात्र अस्त धातु रहेको स्थल रामग्राम स्तूपा हुने हुँदा दिनहुँ हजारौंको संख्यामा स्थानिय तथा बाहय भारत,थाइल्याण्ड,चीन,श्रीलङ्का,म्यानमार,बंगलादेश लगायतका विभिन्न मुलुकहरूबाट आउने गरेका छन् ।

यस्ता गतिविधि अन्य धेरै ठाउँमा हुने भए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थल हुनाले यहाँ महत्वपूर्ण बन्न जान्छ।

हेर्दा र सुन्दा सामान्य विषयवस्तु लागे पनि यसरी सडक नै कब्जा गरी वस्तु वा सामान सडक मै राख्ने कार्यले रामग्रामको सुन्दरता बिग्रिनुको साथै पर्यटकलाई आउने जानेमा दिनहुँ समस्या भई रहेको छ। स्थानिय तथा बाहय पर्यटक बढाउन यस्ता गतिविधिमा स्थानिय जनता तथा स्थानिय सरकार सचेत हुन जरुरी देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित