Rashtriya Dainik

एमाले पश्चिम नवलपरासीको अध्यक्षमा पुनः दिपेन्द्रकुमार अधिकारी

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ बैशाख

नेकपा एमाले पश्चिम नवलपरासीको नवौं अधिवेशनबाट अध्यक्षमा पुन दिपेन्द्रकुमार अधिकारी सर्वसहमत चयन हुनुभएको छ ।

अधिकारी सहित १ सय ५ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन भएका छन ।

अध्यक्ष अधिकारीसहित उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल, उपसचिवमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश पौडेलले बताउनुभएको हाे।

जिल्लाको सातवटै स्थानीय तह, महिला, युवा, अल्पसंख्यक र विधानमा व्यवस्था भएबमोजिम सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथग्रहण गराइएको छ ।

लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नवनिर्वाचित कमिटीलाई जुझारु भएर पार्टी संगठन र आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित