Rashtriya Dainik

ट्राफिक प्रहरी कार्यालय तौलिहवा द्वारा ट्राफिक सचेतना कार्यक्रममा तिब्रता

कपिलवस्तु, बैशाख २३

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यक्रममा तिब्रता दिएको छ।

ट्राफिक प्रहरी कार्यालय तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रम लाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी वरिष्ठ नायब निरिक्षक अशोक कुमार खड्काले जानकारी दिए।

सदरमुकाम बजार क्षेत्र ६ लेन सड्क अवधारणा भई सकेकाले सबैलाई लेन पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत खड्काले बताए।
सवारी नियम उलंघन गर्ने सवारी हरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसिद मार्फत गरिने गरिएकोमा हाल आनलाइन बैंकिंग मार्फत गरिदा सहजता भएको सवारी धनी हरूको बुझाई रहेको छ।

बजार क्षेत्र भित्र समेत ट्राफिक प्रहरीले सक्दो ट्राफिक व्यवस्थापन गर्न हरेक सम्भव प्रयास गर्दै आएको जानकारी गराइएको छ। भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको तथा विना हेलमेट मोटरसाइकिल चलाउनेमा समेत कमी आएको स्थानीयले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित