Rashtriya Dainik

एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा औषधि वितरण कार्यक्रम सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,२३ बैशाख

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न.१ नवलपुर र नेपाली काङ्ग्रेस कावासोती नगर समितिको संयुक्त आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा औषधि वितरण कार्यक्रम कावासोती ७ ढोकीमा सम्पन्न भएको छ।

नेपाल स्वास्थ्यकर्मी संघ बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र चितवन मुटु अस्पताल प्रा.लि. को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

विशेषज्ञ स्वास्थ्य चिकित्सकको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य शिविर कार्यक्रममा महिला,पुरुष गरि १३ सय ५० बिरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि प्रदान गरिएको क्षेत्रीय सभापति अमृत भट्टचनले जानकारी दिनुभएको छ।
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्य समितिको निर्णय अनुसार “सुखमा काङ्ग्रेस, दु:खमा पनि काङ्ग्रेस” भन्ने मुल नारालाई आत्मसात गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
स्वास्थ्य शिविरमा महिलाहरुको पाठेघरको क्यान्सर,दन्त परिक्षण, नाक, कान,घाँटी,मुटुरोग,हाडजोर्नी, अन्कोलोजी,रक्तचाप र सुगर रोग लगायतका बिरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको आयोजकले बताएको छ।

निशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री एवं नवलपुर काङ्ग्रेस सभापति महेन्द्र ध्वज जि.सी. ले स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकहरुलाई निशुल्क स्वास्थ्य शिविरबाट प्रदान गरिएको स्वास्थ्य सेवा फलदायी रहने धारणा राख्दै यस्ता कार्यक्रमबाट रोग समयमै पत्ता लाग्ने र उपचार खर्च पनि बचाउन सकिने धारणा राख्नुभयो।

निशुल्क स्वास्थ्य शिविरबाट कावासोती नगरपालिका का नागरिकहरुलाई स्वास्थ्य समस्यामा सुधार तथा सामाजिक चेतना फैलाउन मद्दत पुगेको क्षेत्रीय सभापति भट्टचनले बताउनु भएको थियो।
कार्यक्रमलाई क्षेत्रीय सचीव अमृत श्रेष्ठले सहजीकरण गर्नुभएको पनि जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित