राजन कुमार बानिया / पर्सा, २३ बैशाख
उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर स्थित श्री तिलावे राष्ट्रिय अधारभूत बिद्यालयमा कक्षा शिशु देखी कक्षा ५ सम्म अध्यन्नरत १ सय २२ जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ पाँच थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ ।
बिद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्य सुमन बगेडीयाले बिद्यालयको प्र . अ .शैलेन्द्र जोशीलाई पंखा हस्तान्तरण गरिएको छ।
सो कार्यक्रममा बिद्यालयको शिक्षक शिक्षिका स्थानीय तथा बालबालिकाहरु समेतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

