राष्ट्रिय दैनिक / नवलपरासी ,२१ बैशाख
वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागीपरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन ।
अध्यक्ष ओलीले एमाले राष्ट्रिय शक्ति भएपनि निर्णायक शक्ति नभएकोले नेपालमा देशीविदेशी शक्तिको हस्तक्षेप बढेको उहाँले बताउनुभयो ।

पश्चिम नवलपरासीमा एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने उल्लेख गर्दै ओलीले २०८४ को चुनावमा एमाले थप मजबुत बनेर आउने जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले सुस्ता आफुले सुनेको तर आज सुस्ताकाे सिमाना नजिकबाट अवलोकन गरेको बताउदै मिचिएकाे विभिन्न सिमानाकाे सन्दर्भमा आफुले हमेशा अवाज उठाउदै आएको बताउनुभयो ।

महिलाहरुलाई धन्यवाद दिदै महिलाहरुले बनाएको पार्टी नेकपा एमाले रहेको भन्दै महिलाहरूलाई खुलेर प्रशंसा गर्नुभएको थियोे ।
पार्टीभित्रको एकतालाई थप मजबुत बनाउन एक ढिक्का भएर लाग्न नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्न मिसन ८४ अभियान चलाईएको बताउनुभयो ।

नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अध्यक्ष ओलीले एमालेमा जति युवाहरु अरु कुनै पार्टीमा नभएको ठोकुवा गर्नुभयो । ईलाम र बझाङको उपनिर्वाचनको नतिजाले पनि एमालेप्रति छरिएको भ्रमलाई चिरेको उहाँले स्पष्ट पार्नुभयो ।
जिल्ला अधिवेशनमा सहमतिको नाममा नलम्ब्याउन भन्दै नेतृत्वका लागि इच्छा भएका साथीहरुबीच लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न र सहमतिको नाममा अधिवेशन नलम्ब्याउन जिल्ला नेतृत्वलाई निर्देशन दिनुभएको हाे।

अध्यक्ष ओलीले आजै जिल्लाको सुस्ताको नारायणी नदीमा निर्माणाधीन पुल, रामग्राम स्तुप र पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गजेन्द्र मोक्ष धामको अवलोकन गर्नुभएको हाे । जिल्लाभरिबाट ४ सय २६ प्रतिनिधि छनौट भएका छन् ।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिवेशनमा जिल्लाभरिबाट ४२७ जना प्रतिनिधि सहभागि रहेका छन।

वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी र सचिव धिरज शर्मा अध्यक्षका लागि आकांक्षी छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

