पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा पुस्तक चर्चा र कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए ।
सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला सेलिङ माबो द्वारा लिखित याक्थुङ लिम्बू भाषाको कविता कृति सेप्माङ्लक को चर्चा गरिएको थियो । पुस्तकमाथि प्रमुख अतिथि जबेगुसँगै फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, साहित्यकार मधुराज केरुङ, मनोज राई, बाबुराम पौडेल र सुनिल आङबोले समिक्षात्मक टिप्पणी राखेका थिए।
सो अवसरमा लेखक द्वय भिमकुमार सेलिङ र लिला सेलिङ माबोलाई याङवरक गाउँपालिका, ३ नं।वडा कार्यालयले सम्मान गरेको थियो। लेखनको माध्यमबाट ओयामको प्रतिष्ठा उच्च बनाउन योगदान पु¥याएकोमा लेखक द्वयलाई सम्मान गरिएको वडा अध्यक्ष बिमल राईले बताए।
कार्यक्रममा आयोजित कविता प्रतियोगितामा पवित्रा प्रयत्न प्रथम, बिनोद ओडारी द्वितीय र उमा ओडारी त्रितीय भएका थिए। उनीहरुलाई नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

