राष्ट्रिय दैनिक / नवलपरासी ,२० बैशाख
अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा पश्चिम नवलपरासीको परासीमा प्रभातफेरी , भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
ट्रेड युनियन काङ्ग्रेस सम्बद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (CAWUN) जिल्ला कार्यसमिती नवलपरासीकाे आयोजना १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइएको हो ।

ट्रेड युनियन काङ्ग्रेस सम्बद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (CAWUN) जिल्ला कार्यसमितीका अध्यक्ष केशव नाथ कवर योगीकाे अध्यक्षता तथा काङ्ग्रेस केन्द्रिय सदस्य तथा सहकारी बिभाग प्रमुख देवेन्द्रराज कण्डेलज्युको प्रमुख आतिथ्यतामा मे दिवसमा आयोजित प्रभातफेरीमा नेपाली कांग्रेस नवलपरासी उपसभापति बिक्रम यादव , महासमिति सदस्य राधेश्याम पाठक ,रामग्राम नगर सचिव बिकास घिमिरे सहितका नेता कार्यकर्ताका साथै विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रभातफेरीपछि आयोजित भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कण्डेलले मजदुर र श्रमिकको पक्षमा नेपाली कांग्रेस पार्टी रहेको बताउनुभयो । नेता कण्डेलले वर्तमान कानुन तथा नीति श्रमिक मैत्री नभएको बताउनुभयो ।
सामाजिक सुरक्षा कोष पनि उपयुक्त समुदायका लागि हुन नसकेको भन्दै वहाँले आफ्ना अधिकार संरक्षणका लागि श्रमिकहरु आफैं सक्रिय हुनुपर्ने तर्क ब्यक्त गर्नुभएको थियो । वहाँले पार्टी मजबुद बनाउन संगठन निर्माणमा जोड दिन ट्रेड युनियनकर्मीलाई अनुरोध समेत गर्नुभएको थियोे ।

भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रममा नेपाली कांग्रेस नवलपरासी उपसभापति बिक्रम यादव , काङ्ग्रेस बरिस्ठ सदस्य माेहन शर्मा ,लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,महासमिति सदस्य राधेश्याम पाठक ,महासमिति सदस्य शिवशंकर राय,क्षेत्रीय सभापति माधव पाण्डेय ,महासमिति सदस्य सुनिता श्रेष्ठ लगाएतले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको बताउदै श्रमिककाे याेगदानकाे चर्चा गर्दै श्रम अनुसारको उचित पारिश्रमिक र सम्मान हुनेपर्ने कुरामा जाेड दिनुभएको थियो ।

कार्यक्रममा जेष्ठ श्रमिकहरुलाई सम्मान समेत गरिएको रामग्राम नगर सचिव बिकास घिमिरेले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

