राष्ट्रिय दैनिक / नवलपरासी ,२० बैशाख
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली आज पश्चिम नवलपरासी आउनुहुने भएको छ ।
एमाले नवलपरासीको नवाैँ जिल्ला अधिवेशनको उद्घाटनका लागी एक दिन अगावै अध्यक्ष ओली नवलपरासी आउन लाग्नुभएको हो ।
ओली आज दिउसो हवाई उडान मार्फत भैरहवा सम्म आउने र त्यसपछि गाडीमा परासी आउने कार्यक्रम रहेको एमाले नवलपरासीका अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो ।
अध्यक्ष ओली आज परासीमा पत्रकार सम्मेलन सहित गौतमवुद्ध संग सम्बन्धित महत्वपुर्ण स्थल रामग्राम स्तुपको निरिक्षण गरेर त्रिवेणीमा बास बस्ने कार्यक्रम रहेको छ ।
ओली त्रिवेणी हुदै चितवनमा रहेको बाल्मीकी आश्रममा जाने कार्यक्रम भएपनि प्राविधिक कारणले सो क्षेत्रमा जान समस्या भएपछि त्रिवेणीमा बस्ने र दोस्रो दिन (२१ गते) सुस्तामा निर्माणाधिन झोलुङ्गे पुलको निरिक्षण गर्ने कार्यक्रम रहेको छ । सोहि दिन दिउसो ओलीले सुनवल स्वाठीको रिर्वन होटलमा आयोजना हुने एमालको जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुने छ ।
जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको जिल्ला कमिटि सचिव धिरज शर्मा बस्यालले जानकारी दिनुभयो । अधिवेशन सम्पन्न गर्न एमालेले विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

