Rashtriya Dainik

अहमदिया संघ नेपालद्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

विरगंज ,१९ बुधबार

पर्साको बिन्दवासिनी गाउँपालिका वडा न ३ टोल इटियाही स्थित श्री नेपाल स्काउट नि.मा.बि .मा अहमदिया संघ नेपालले एक कर्यक्रम का बिच १० थान पंखा तथा शैक्षिक सामग्री वितरण गरिएको छ |

विधालयमा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा प्रतिकुल असर पर्ने संभावना बाट बेलैमा ध्यान पुर्याई पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्सा इन्चार्ज हासिम अहमदले बताए।

बिगत केही दिन देखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालयलाई अध्ययन मैत्री बनाईदिन भन्दै संस्थाको पर्सा जिल्ला इन्चार्ज हासिम अहमदलाई आग्रह गरेपछि पंखा तथा शैक्षिक सामग्री उपलब्ध गराईएको विधालयका प्रअ प्रमोद प्रसाद चौरसियाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरयल अहमदले यस विधालयलाई हाम्रो अहमदिया संघ नेपालले आउने दिनमा पनि सहयोग गर्ने प्रतिबध्दता जनाएका छन्।

त्यसै गरी कार्यक्रमा विशिष्ट अतिथिको रुपमा अहमदिया संघ नेपाल प्रसौनी भाठ्ठाको इन्चार्ज शैइदुर रहमान अतिथि विधालय व्यस्थापन समितिका पुर्व अध्यक्ष महेन्द्र साह कानु,नैईम अहमद ,पारस बैठा ,संचारकर्मी रामेश्वर चौरसिया लगायत शिक्षक ,शिक्षिका छात्र ,छात्राहरुको सहभागिता रहेको थियो भने कार्यक्रम विधालय व्यस्थापन को अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित