कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले बैशाख १५ गते शनिवारबाट निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू गरेकाे छ ।
नि:शुल्क सल्यक्रियाकाे पहिलाे दिन ९ जना लाभान्वित भएकाे छ । फेको प्रविधि ( मेशिन ) बाट ८ जना मोतिबिन्दु र १ जना आँखामा मासु पलाउने रोग गरी जम्मा ९ जना को निःशुल्क सल्यक्रिया गरिएकाे थियाे ।
मित्रराष्ट्र इटालियन र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको आर्थिक सहयोग र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रमबाट मोतिबिन्दु , आँखामा मासु पलाउने रोगको पहिचान गरी निःशुल्क सल्यक्रिया गरिएकाे थियाे ।

कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि. काे निजि भवन बाहिरीगाउँमा भईरहेकाेले निःशुल्क चश्मा वितरण समेत गरिरहेकाे आँखा विज्ञ राजेन्द्र महर्जनले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

