आरपि उपाध्याय / नवलपरासी ,१९ बैशाख
१३५ औं श्रमिक दिवसको अवसरमा नारायणी टोल विकास समिति र सत्यवती आमा समूह विनयी त्रिवेणी ७ ब्यारेज पुलको संयुक्त आयोजनामा सरसफाइ तथा अन्तर्कृया कार्यक्रम बुधबार सम्पन्न भएको छ।
नारायणी टोल विकास समितिका अध्यक्ष जीवन अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडाध्यक्ष उमेश कार्कीले मजदुर वर्गलाई सम्मान र अवसर दिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।

मजदुर आन्दोलनको सम्झना र मजदुरहरूको पेसागत हक,हित र अधिकारको सुरुवात भएको दिनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको आयोजकले बताएको छ।
विनयी त्रिवेणी ७ अन्तर्गत गण्डक ब्यारेज पुलको आसपासको इलाकामा सरसफाइ एवं रोपिएका बिरुवालाई जल सिचाइ गरेर श्रमिक दिवस मनाइएको हो ।
श्रमिक दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बि.ओ.पि.का प्रमुख बिबेक लामिछाने, इ.प्र.का. त्रिवेणीका प्रतिनिधि नारायण यादव, माओवादी केन्द्रका टेकनारायण भुसाल,विश्वमर्दन शाह, सन्चारकर्मी आर.पि. उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा टोल सुधार समिती र स्थानीय आमा समुहका प्रतिनिधिहरुले गण्डक ब्यारेज पुल चोकमा अव्यवस्थित बस पार्किङ, अव्यवस्थित अटो र इरिक्सा पार्किङले सुरक्षा चुनौती बढेको हुँदा यसतर्फ सम्बन्धित निकायले नै समयमा ध्यान पुर्याउनु पर्ने सुझाव दिइएको स्थानीय समाजसेवी एवं कार्यक्रम सञ्चालक बलराम के.सी. ले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

