काठमाडौं । बागमती प्रदेशमा आउँदो २४ गते सोमवारको दिनदेखि नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू हुदैछ । उक्त दिनलाई उत्सवको रुपमा लिनका लागि बागमती प्रदेशमा सार्वजनिक विदा दिनका लागि माग गरेको छ । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू बागमती प्रदेश समितिका अध्यष विष्णुगोपाल महर्जन, तामाङहरुको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङया बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले आज बैशाख ११ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।
बागमती प्रदेशमा नेपालभाषा र तामाङभाषा सरकारी कामकाजि भाषाको रुपमा लागू बैशाख २४ गतेदेखि लागू हुनु भनेको नेवाः र तमाङहरुको लागि मात्र नभई समग्र बागमती प्रदेशवासीहरुकै लागि उत्सवको दिन हो भन्दै विज्ञप्तिमा सो दिनमा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवसमो रुपमा मनाउन नेवाः देय् दबूका जिल्ला समिति, पालिका समिति र तामाङ घेदुङका जिल्ला समिति, पालिका समिति साथै अन्य संघ संस्थाहरुलाई समेत अपिल गरेको छ ।
लामो समयको आन्दोलन र बागमती प्रदेशका मुख्यमनत्री, मन्त्री, सभामुखदेखि सांसदहरुको विशेष भुमिकाका कारणले भाषा ऐन ल्याउन र अव बैशाख २४ गतेदेखि कार्यान्वयमा जान अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेवाः देय् दबू बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिको संयुक्त आयोजनामा आउँदो बैशाख २४ गतेको दिनमा बागमती बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने तयारी भइरहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

