एजेन्सी । दुधमा भिटामिन डीको मात्रा प्रशस्त हुन्छ । राती सुत्नुअघि मनतातो दुध पिउँदा तपाईं भोलिपल्ट बिहान ऊर्जावान् महसुस गर्न सक्नुहुन्छ । दुधमा पाइने लेक्टियम नामक प्रोटिनले रक्तचापलाई नियन्त्रित गरेर मांसपेशीलाई आराम दिएर तनावका बेला शरीरले निकालेको हर्मोन कोर्टिसोलको स्तरलाई कम गरेर शरीरलाई आराम पुर्याउँछ । जानाैँ दूधका अन्य फाइदाहरू :
मिठो निद्रा : दुधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दुध पिउन सक्नुहुन्छ ।
तौल घटाउन सघाउँछ : तौल बढ्ने हो कि भन्ने चिन्ता नगरिकनै तपाईं राती सुत्नु अघि एक गिलास मनतातो दुध पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राती लाग्ने भोक र जथाभावी खाने बानीबाट छुटकारा दिलाउने गर्छ ।
स्वस्थ हड्डीको निर्माण : दुधमा भिटामिन डीको मात्रा स्वस्थ हड्डीको निर्माणका लागि अत्यन्त जरुरी छ । दुध पिउँदा शरीरमा भिटामिन डी र क्याल्सियमको कमी पूरा हुन्छ ।
छालालाई स्वस्थ राख्छ : नियमित रुपमा दुधको सेवनले छालालाई जवान राख्न सहयोग गर्छ । दुधमा भिटामिट बी१२ हुन्छ जसले छालाको लोच र कोलेजनको क्षतीलाई रोक्न मद्दत गर्नसक्छ ।
ऊर्जा प्रदान गर्छ : राती सुत्नुअघि मनतातो दुध पिउँदा तपाईं भोलिपल्ट बिहान ऊर्जावान् महसुस गर्न सक्नुहुन्छ ।
तनावको स्तर कम गराउँछ : दुधमा पाइने लेक्टियम नामक प्रोटिनले रक्तचापलाई नियन्त्रित गरेर मांसपेशीलाई आराम दिएर तनावका बेला शरीरले निकालेको हर्मोन कोर्टिसोलको स्तरलाई कम गरेर शरीरलाई आराम पुर्याउँछ ।
कोलेस्ट्रोल नियन्त्रित गर्छ : तर काटेको दुध पिउँदा कोलेस्ट्रोलको स्तर कम हुनसक्छ । दुधमा हुने प्रोटिनले खराब कोलेस्ट्रोल ९एलडीएल० लाई कम गर्छ र राम्रो कोलेस्ट्रोल ९एचडीएल० लाई बढाउने गर्छ ।
पाचनमा सुधार : दुधमा जब मह मिसाइन्स तब यसले प्रिबायोटिकको रुपमा काम गर्छ जहाँ राम्रो ब्याक्टेरियाले आन्द्रामा रोग पैदा गर्ने खराब ब्याक्टेरियालाई नष्ट गरिदिने गर्छ ।
चिसो, रुघालाई टाढै राख्छ : राती थोरै बेसार मिसाएर तयार गरिएको तातो दुध पिउँदा चिसो र खोकीको लक्षणलाई टाढा राख्न मद्दत गर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

