Rashtriya Dainik

धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण

राजन कुमार बानिया /पर्सा ,१८ बैशाख

पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनिको नवकाटोलामा चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले आज राहत समाग्री बितरण गरेका छन।

अग्नि पिडित धोबिनी गाउँ निवासी रजाक देवान,रहमत देवान, अ्मजद देवान , समसाद देवानको घरमा आगलागी भएपछि रेडक्रसले राहत बितरण गरिएको छ। आगलागी पीडित परिवारहरुलाई अति आवश्यकीय राहत सामग्री बितरण गरिएको छ ।

मंगलबार २ बजेतिर आगलागी हुँदा नगद गरगहना,घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् ।

राहत समाग्री नेपाल रेडक्रस सोसाइटि मधेस प्रदेश कमिटि उपकोषाअध्यक्ष सलाउदिन अहमद ,वडा अध्यक्ष मनाउर अहमद, धोबिनी गाउँपालिका उप मेयरको प्रतिनिधि श्याम पटेल, मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।


पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना,बर्तन, लगाएत सामग्री प्रदान गरिएको अहमदले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित