Rashtriya Dainik

नवलपरासीसहित तराईका जिल्लाहरुमा हावाहुरी र अत्याधिक गर्मी बढ्ने चेतावनी ।

अनिल बनिया / नवलपरासी , १८ वैशाख

तराईका जिल्लाहरुमा आईतबार देखि पाँच दिनसम्म अत्याधिक गर्मी र तातो लहरको सम्भावना रहेको छ । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण नवलपरासी जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।

तराईका भू-भागहरूमा अत्यधिक गर्मीसँगै हावाहुरी समेत चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । दिउँसो ११ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।

विभागले लुम्बिनी, मधेस प्रदेशका तराईका भू-भागमा ४२ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन गरेको छ । विभागले आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, नाक  वाट रगत आउने ,टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ ।

विभागले तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत आग्रह गरेको छ ।

वैशाख महिना सुरु हुँदै नवलपरासीमा जनजीवन प्रभावित बनेको छ। तातो हावा, हुरी र धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम समेत बढेको छ । केही दिन यता जिल्लामा आगलागी घटना समेत बढेका छन्। तातो हावाहुरीकै कारण मौसमी  तरकारी ,फल आँप,लिची र झरेर प्रभावित भएको छ।”

कामदारको दैनिकी झन् निकै कष्टकर बनेको छ । तातो हावाहुरीले जिल्लामा गर्मी बढ्नाका साथै ज्येष्ठ नागरिक समेत निकै प्रभावित बनेका छन् ।हावाहुरी चलेपछि बिद्युत् लाइन काटिने समस्याले थप हैरानी बेहोर्नु परेको छ ।

लूकै कारण दिउँसो बाहिर हिँडडुल गर्न समस्या भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुने जोखिम बढेको छ। हावाहुरीले उडाएको धुलाका कारण आँखाको समस्या हुने गरेको छ।बजार क्षेत्र र कार्यालय हरु समेत दिउँसो चहलपहल देखिन छाडेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित