सांसद चौधरी र कलवार जनताको अदालतमा

नवलपरासी ,१८ बैशाख

संघीय सांसद बिनोद चौधरी र लुम्विनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ( सन्तु ) ले आज संयुक्त रुपमा जनताको अदालत माझ जनताले उठाएको बिषयको सयुक्त रुपमा जवाफ दिनुभएको छ ।

प्रतापपुर स्थित बेलाटारीमा आयोजीत जनताको अदालतमा उपस्थित भएका आम नागरिकहरुले यस क्षेत्रको समग्र बिकास निमार्णका बिषयबारे संघीय सांसद चौधरी र प्रदेश सांसद कलवारको ध्यानआकर्षण गराएका थिए ।

सांसदद्धय चौधरी र कलवारले प्रत्येक महिला आफ्नो निर्वाचन क्षेत्रका आम नागरीकहरु जनताको अदालतमा गई हालसम्मको प्रगती र आगामी योजनाबाट सरोकारवाला संग प्रत्यक्ष छलफल गर्र्देै आएका छन् ।

सो अवसरमा समग्र बिद्यूतीकरण , बाटो घाटो , महिला उद्यमी , शिक्षा , स्वास्थ्य , लगायतका बिभिन्न बिकास निमार्णको आवश्यकता र औचीत्यता बारे जनताहरुले सांसदद्धय चौधरी र कलवारलाई जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै संघीय सांसद चौधरीले यस क्षेत्रको चौतर्फी बिकास आफु एक जिम्मेवार जनप्रतिनिधीको हैसीयतले जिम्मेवारी रुपमा काम गर्दै आएर र आगामी दिनमा समेत काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसैगरी सो अवसरमा प्रदेश सभा सदस्य कलवारले आफुले जनताको समस्या समाधान गर्ने र बिकासका लागी संघीय सांसद बिनोद चौधरी संग सहकार्य गरी जनताको सेवामा लाग्दै आएको बताउनुभयो ।

सांसदद्धय चौधरी र कलवारले प्रत्येक महिला आफ्नो निर्वाचन क्षेत्रका आम नागरीकहरु जनताको अदालतमा गई जनताको समस्या सुन्ने र समाधानका लागी पहल गर्दै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!