काठमाडौ, १७ बैशाख
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका अध्यक्ष मोहन बैध्य ‘किरण’ ले नयाँ ढंगले आन्दोलन उठान गर्ने उदघोष गर्नुभएको छ । काठमाडौको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिस्ठानमा आइतबार आयोजित पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उहाँले क्रान्तिकारीहरुको एकता र ध्रुवीकरण बिच एकता महाधिवेशन सम्पन्न गरेर नयाँ शिराबाट आन्दोलन उठाउने बताउनुभयो ।
“क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा( मशाल) बिचको एकता ऐतिहासिक कदम हो । यसलाई सामान्य अर्थमा मात्र लिनुहुदैन । एकता असफल बनाउने र भाड्ने प्रयत्न पनि भएको छ । बाहिरी षडयन्त्र र आन्तरिक भ्रमहरु चिर्दै एकताबद्व भएर हामी अगाडी बढ्नुपर्छ । ” उहाँले भन्नुभयो ” हामी एक्लैले मात्र क्रान्ति गर्न सक्दैनौ । क्रान्तिको लागि क्रान्तिकारीहरु बिच बृहत् एकता आवश्यक छ । यसको शुरुवात कडा मेहेनत साथ हामीले गर्दै आएका छौ।”
नेता बैध्यले नेकपा(मशाल) सङ्गको एकता सङ्गै नेकपा( रातोतारा) सहित विभिन्न समुहमा रहेका क्रान्तिकारीहरु समेत ध्रुवीकृत हुने जानकारी दिनुभयो । बैशाख १८ गते (भोलि ) क्रान्तिकारी कम्युनिस्ट पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा( मशाल) बिच काठमाडौमा संयुक्त एकता अधिबेशन र १९ गते एकता घोषणा कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ । यसैबीच एकता बिरोधि गतिविधिमा सम्लग्न सचिवालय सदस्य पुर्णबहादुर सिह लगायत आठ जनालाई पार्टीले अनुशासनको कारवाही गर्दै निष्कासन गरेको बताएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

