राष्ट्रिय दैनिक / नवलपरासी ,१७ बैशाख
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको २४ औं साधारणसभा तथा १४ औं अधिवेशन बर्दघाट नगरपालिका १० सहिद पार्कमा सम्पन्न भएको हाे।
नेपाल पत्रकार महासंघ नवलपरासीको अध्यक्ष हरि शर्माकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमबिच २४ औं साधारणसभा तथा १४ औं अधिवेशन सम्पन्न भएको हाे।

साधारणसभा तथा अधिवेशनलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकारहरुले आफ्नो पेसालाई मर्यादित बनाउदै सामाजिक दायित्वलाई पनि पूरा गर्नुपर्ने बताउनु भएको छ।
वरिष्ठ उपाध्यक्ष बिष्टले सञ्चार माध्यममा आएको सङ्कट निवारणको लागि पत्रकारहरुले उच्च मनोबलका साथ सबै खाले चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूरा गर्नुपर्ने धारणा राख्नुभयो।

सो अवसरमा नेपाल पत्रकार महासंघ न.प. का पुर्व सभापति कुल प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सदस्य आर. पि. उपाध्याय, नेपाल प्रेस युनियन जिल्ला शाखा अध्यक्ष उमेश बि.क., रेडियो दाउन्नेका स्टेसन म्यानेजर रामु भुसाल लगायतले पत्रकारिताको क्षेत्रमा देखापरेको अवसर र चुनौतीबारे आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रममा पत्रकार महासंघको बन्दसत्रमा जिल्ला शाखाको साङ्गठनिक प्रतिवेदन सचिव राज कुमार रेश्मी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश न्यौपानेले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व सभापति कृष्ण बहादुर कार्कीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने उक्त पुरस्कार स्वर्गीय कार्कीका सुपुत्र नारायण कार्कीलाई कदरपत्र सहित नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको जानकारी गराइएको छ।

पुर्व सभापति स्वर्गीय कार्कीका परिवारका सदस्यहरुले आफ्ना दिवङ्गत आमाबुबाको सम्मानमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष राखिने पनि शाखा सभापति शर्माले जानकारी दिनुभएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको २४ औं साधारणसभा तथा १४ औं अधिवेशन ६ बुदे घोषणा पत्र सहित समापन गरिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

