Rashtriya Dainik

पर्सा प्रहरीद्वारा गोली हानि कुख्यात आपराधिक पासवानलाई हातहतियार र लागूऔषध सहित बरामद

वीरगन्ज १७ बैशाख
पर्सा प्रहरीले हातहतियार र लागूऔषध सहित भारतका कुख्यात अपराधिक एकजना लाई पक्राउ गरेको छ।
प्रहरीले दुई राउन्ड गोली चलाएर विभिन्न आपराधिक गतिविधीहरुमा संलग्न रहेको भारती पुर्विचम्पारण रक्सौलका बब्लु भन्ने गणेश पासवानलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगन्ज वडा नम्बर १६ भुटन देबी मन्दिर को अगाडी सडक खण्डमा खटिएको विशेष प्रहरीको टोलीले बिआर ०५ एयल ६१३९ नम्बरको भारतीय मोटरसाईकलमा  संकास्पदरूपमा.चलाइ आइरहेको पासवानलाई  रोकी चेकजाँच गर्न खोज्दा पासवानले भागन खोज्दा उनको बाँयाँ  खुट्टाको घुडामुनि प्रहरीले पेस्तोलबाट दुई राउन्ड गोली फायर गरि घायल बनाई  नारायणी अस्पतालमा उपचार  गराई थप अनुसन्धानको लागि हिरासतमा नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम  प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।

एसपी ढुंगेलको अनुसार पासवानले मिति २०७३।०२।१३ गते जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगञ्ज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार ,मिति २०७९।०६।०३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा सलंग्न, हछिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने , साना हतियार तथा लागु औषधको कारोवार गर्ने, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने ,ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने लगाएतको आपराधिक क्रियाकलापहरुमा गर्दे आएको बताए।
प्रहरीले  Made In USA No 11 पेस्तोल) थान-१(एक), ऐ.का.गोली राउण्ड-२ ( दुई ), लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ-४९ ग्राम, लागु औषध गाँजा-८८० ग्राम र
बिआर ०५ एयल ६१३९ नम्बरको चढेको मोटरसाइकल पासवानको साथबाट बरामद गरेको एसपी ढुंगेलले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित