राष्ट्रिय दैनिक / नवलपरासी ,१७ बैशाख
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा सुस्ता गाउँपालिकाको सहयोगमा कानुनी सहायता एवं स्थानीय विकासमा सञ्चारकर्मीको भुमिका सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सुस्ता १ मा सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सभापति हरि शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले आउदो दुई वर्षभित्र पालिकालाई समृद्धिको बाटोमा अगाडि लगिने बताउनु भयो।

उहाँले स्वास्थ्य,शिक्षा,सडक, खानेपानी लगायत विकासे योजनाको क्षेत्रमा उल्लेखनीय प्रगती भएको जानकारी दिदै लिजा अन्तर्गत कार्य सम्पादन सुचिमा पुच्छरतिर रहेको अवस्थामा वर्तमान समयमा सुस्ता गाउँपालिकाले आफ्नो अवस्थामा सुधार गरि उल्लेखनीय प्रगती गरेको जिकिर गर्नुभयो।
विगतको पालिका सरकारले सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बनाउने कार्यमा नागरिक ठग्ने कार्य प्रती लक्षित गर्दै अध्यक्ष उपाध्यायले जग्गाको प्रबन्ध मिलाइ आगामी आ.ब. मा नागरिकको चाहना अनुसार दक्ष चिकित्सक सहित सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बनाउनेमा पालिका प्रतिबद्ध रहने धारणा राख्नुभएको थियो।
युवा,महिला र दलित लक्षित कार्यक्रमलाई प्राथमिकतामै राखेर आवश्यक बजेट छुट्याइएको जानकारी पनि उपाध्यायले दिनुभयो।
नदीजन्य सामाग्रीको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासन संग समन्वय गरी भण्डारण गरि राखिएको नदीजन्य सामाग्रीलाई पालिकाले आफ्नो नियन्त्रणमा राखी थप प्रक्रिया अगाडि बढाइएको पनि उपाध्यायले बताउनु भएको थियो।
कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले शिक्षा र न्यायीक समितिको क्षेत्रमा भरपर्दो र विश्वासिलो रुपमा नागरिकको चाहना अनुसार काम गरेको तथा सो कार्यमा सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको थियो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले चालू आर्थिक वर्षको विकास योजनाबारे जानकारी दिदै ढिला, सुस्ती, अनियमिततालाई पालिकाको संयन्त्रले नियन्त्रण गर्दै आएको धारणा राख्नुभयो।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सह न्यायधिवत्ता सुनिल लामिछानेले कार्यक्रमको सहजीकरण गर्दै जटिल कानुनी शब्दलाई परिभाषित गर्नुभएको थियो।

सो अवसरमा नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य पुरुषाेत्तम सुवेदी ,नेपाल प्रेस युनियन पश्चिम नवलपरासीका अध्यक्ष उमेश बि.क. लगायतले आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालक राजकुमार रेश्मीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

