Rashtriya Dainik

रामग्रामबाट लागु औषध सहित एक जना पक्राउ

अनिल बनिया/ नवलपरासी , १६ वैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनी स्थित ६ :३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट खटिएको चेकिङ टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

महेशपुरबाट परासी तर्फ आउदै गरेको युपी ५६ ई २८७६ को मोटरसाइकललाई शंका लागि रोकि चेकजाँच गर्दा मोटरसकाल चालक रामग्राम नगरपालिका ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवाको साथबाट ( कम्मरमा रुमालले बेरी ल्याएको अवस्थामा ) लागुऔषध प्रहराले बरामद गरेको हो ।

प्रहरले डाईजेपाम ४६ एम्पुल,फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल फेला पारी रितपूर्वक बरामद गरी उक्त लागुऔषध सहित निजलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम मार्फत सम्मानित अदालतबाट लागु औषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित