राष्ट्रिय दैनिक / नवलपरासी ,१६ बैशाख
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ बर्दगाेरियामा काङ्ग्रेसको बृहत बैठक तथा बनभाेज कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नं. २ काे आयाेजनामा क्षेत्रीय सभापति माधव पाण्डेयकाे अध्यक्षता तथा काङ्ग्रेस केन्द्रिय सदस्य एवं सहकारी बिभाग प्रमुख देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

बृहत बैठक तथा बनभाेज कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस केन्द्रीय सदस्य कण्डेलले काँग्रेस जनताको पार्टी भएकाले सधै जनताकै हितमा काम गर्ने बताउनुभयाे । आफूलाई अहिले पद भन्दा बढी संगठनको ठूलो चिन्ता रहेको बताउदै काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकोले सबैको भावना, मनोआकांक्षालाई आत्मसात गर्दै आफु अघि बढ्ने बताउनुभयो । नेता कण्डेलले नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन आग्रह गर्नुभएको थियोे । साथै विभिन्न पदिय जिम्मेवारी पाउनु भएकोलाई सफल कार्यकालकाे शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल , काङ्ग्रेस नवलपरासीको बरिस्ठ सदस्य माेहन शर्मा , चाैधरी फाउन्डेसनकाे सचिव सारिका चाैधरी ,बर्दघाट नगरपालिका मेयर शम्भुलाल श्रेष्ठ , काङ्ग्रेस पुर्व जिल्ला सभापति बिष्णु प्रसाद पाैडेल, महासमिति सदस्य मन्जु कण्डेल लगाएत जिल्ला नेतृत्वबर्ग,क्षेत्रीय कार्यसमिती सदस्य,महासमिती,महाधिवेशन प्रतिनिधि लगायत नेता कार्यकर्ताको उपस्तिथि रहेको थियोे ।

कार्यक्रमबिच विभिन्न पदिय जिम्मेवारी समेत प्रदान गरिएको सभापति पाण्डेयले जानकारी दिनुभएको हाे।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

