नवलपरासी ,१६ बैशाख
पश्चिम नवलपरासीको सुस्ता ०४ नर्सही स्थित गोसीया अहले सुन्नत मदरसा ( मदरसा ) मा शुद्ध पिउने पानी ब्यवस्थापनका लागी चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध पानी फिल्टर गर्ने खानेपानी उपकरण जडान गरिएको छ ।
बिद्यालयमा कक्षा ७ सम्मका १३० बिद्यार्थी अध्ययरत छन् । यस अगाबै यहाँ शुद्ध खानेपानी समस्या रहदै आएको थियो । यद्यपी अब चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानी फिल्टर गर्ने उपकरण बिद्यालयमा जडान गरिएपछि बिद्यार्थीहरु लाभाम्वीत बनेका छन् ।

मदरसामा अबलोकन गर्दै चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिक चौधरीले फाउण्डेसनले बिद्यार्थीहरुको समस्यालाई मध्यनगर गर्दै शुद्ध पिउने पानीको ब्यस्थापनका लागी उपकरण प्रदान गरि सहयोग गरिएको र फाउण्डेसनले यस क्षेत्रमा आगामी दिनमा समेत सामाजीक क्रियाकलाप गर्दै जाने बताउनुभयो ।

सो अबलोकनको क्रममा बिद्यार्थी , बिद्यार्थीका अभिभावक तथा शिक्षकहरुले खानेपानी उपकरण जडान गरिएकोमा चौधरी फाउण्डेसनलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

