Rashtriya Dainik

नवलपरासीको पाल्हिनन्दनमा बर्षाैँ देखि बन्द रहेको बिद्यालय पुन : सञ्चालनमा

रंजीत शर्मा/ पाल्हीनन्दन,१६ वैशाख।

वर्षौं देखि बन्द रहेको पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एक विद्यालय पुनः सञ्चालनमा आएको छ। पाल्हीनन्दन गाउँपालिका वार्ड नं ३ परसिया पर्ने पशुपति शिक्षा मन्दिर पुनः सञ्चालनमा आएको हो।

हिजो विद्यालयको प्राङ्गणमा पूजा तथा हवन कार्यक्रम गर्दै कक्षाको शुभारम्भ गरिएको छ। पशुपति शिक्षा मन्दिरको तदर्थ व्यवस्थापन समितिका कोषाध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक) को प्रमूख अतिथिक्ततामा पुनः कक्षा आरम्भ गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले शिक्षा विकाशको मेरुदण्ड भएकोले यसमा लगानी गर्न अति आवश्यक रहेको बताएका छन्। यस विद्यालयको लागि चाहिने अत्यावश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गाउँपालिकाले गर्ने प्रतिवद्धता जनाएका छन्।

करीब २५ वर्ष पहिला वि.स. २०५५/५६ मा स्थापना भएको यस पशुपति शिक्षा मन्दिर विगत ८/९ वर्ष देखि बन्द रहेको थियो।
सुरूवातको समयमा कक्षा ५ सम्म अनुमति भए तापनि कक्षा ३ सम्म सञ्चालन रहेको बिद्यालय हाल कक्षा १ सम्म सञ्चालन गरिने तथा हाल भर्ना भएका २० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको पशुपति शिक्षा मन्दिरको तदर्थ व्यवस्थापन समितिका कोषाध्यक्ष गुड्डु गुप्ताले जानकारी दिए ।उनले भने हाल हिन्दु स्वयंसेवक संघको विषेश पहल र जनशक्ति व्यवस्थापनमा सञ्चालन गरिने तथा पछि गाउँपालिकाले दायित्व लिने बताए।

शुभारम्भ कार्यक्रममा बिशिस्ट अतिथिको रूपमा पशुपति शिक्षा प्रचारप्रसार समितिका केन्द्रीय गुठियार सत्यदेव पाण्डेय, अतिथिको रूपमा गोपाल गिरी,रामप्यारे प्रजापति,हिन्दू स्वयंसेवक संघका कार्यकर्ता,नव आगन्तुक बिद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित