Rashtriya Dainik

नवलपरासीमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु ,एक घाइते

अनिल बनिया/ नवलपरासी ,१६ वैशाख

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड नं १२ भुमही चोक स्थित आज बिहान अन्दाजी १० को समयमा भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहान साढे १० बजे सुनवल नगरपालिका-१२ भुमही चोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिए ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवली-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिए ।

स्कुटर चालक सुनवल-१३ सुन्दर बस्तीकै ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन् । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भइरहेको छ ।

प्रहरीले दुबै सवारी साधन र ट्रक चालक भारत आजिङगढ बस्ने ३१ वर्षीय श्रवण यादवलाई नियन्त्रणमा लिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित