राजन कुमार बानिया / पर्सा ,१५ बैशाख
इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा अवैध लागुऔषध चरेश बरामद गरेको छ ।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका –१ तिन्दुविया बस्ने बृजेश प्रसाद कुर्मीको घरमा लागू औंषध चरेश लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको प्रहरी टोलीले बिहान २:३० बजे निज बृजेश प्रसाद कुर्मीको रोहबरमा निजकाे घर खानतलासी गर्दा निजको घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ कीलो लागू औंषध चरेश फेला पारी उक्त लागू औंषध सहित निज बृजेश प्रसाद कुर्मीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

